बोलेरो दुर्घटनाका दुई घाईतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

  हिमाल समाचार
476 Shares

सोलुखुम्बु – बोलेरो दुर्घटनाका गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीबाट नेले आउँदै गरेको बा २१ च १०९ नम्बरको बोलेरो मंगलबार बिहान ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको थियो।

सात जना सवार बोलेरो सडकबाट सय मिटर तल खसेको थियो। दुर्घटनामा सामान्य घाइते चार जना उपचारपछि घर फर्किसकेका छन् भने ज्ञानु कार्कीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।

गम्भीर घाइते भएका बोलेरो चालक नेचा सल्यान गाउँपालिका–२ सल्यानका प्रकाश राई र थुलुङ दुधकोशी गाउँपालिका–६ मुक्लीकी सुनिता राईलाई थप उपचारका लागि हेलीकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार