यू-१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडी प्रशिक्षणमा

  हिमाल समाचार
56 Shares

काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला यू-१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो ।

एन्फाले बंगलादेशमा आयोजना हुने यू-१९ साफ च्याम्पियनसिपका लागि हरिओम श्रेष्ठलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । प्रशिक्षक हरि ओमले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा ६ खेलाडी राष्ट्रिय महिला टोलीका सदस्य छन् ।

नेपाली टोली
अन्जना राना मगर, लीला जोशी, पूजा थापा, अंकिता राई, सावित्री किशन, मञ्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, गंगाकुमारी चौधरी, रोजिना श्रेष्ठ, विमला बिक, प्रिया बस्नेत, गोमा रोकाया, खुस्मा राई, कुमारी तामाङ, सुस्मिता चौधरी, सुष्मा तामाङ, तुलसा बोहरा, हिमा रावत, सरला बज्राचार्य, मनिषा सेन, सुस्मा जिटी, सरस्वती रोकाया, सुरक्षाकुमारी सिंह, दिपा शाही, प्रीतिकुलुङ राई, सविता राना मगर, सुन्कला राई, रेनुका हमाल, अन्जली मचामसी, मेनुका आले मगर, रजनी थोकर, रश्मिकुमारी घिसिङ, सदिपा भोलन, चन्द्रा भण्डारी, कुशुम खतिवडा, अमिशा कार्की, सुनिता तामाङ, जेनिफर राना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार