माप्य दुधकोशीका आधारभूत तहका शिक्षकलाई तालिम

  हिमाल समाचार  188 पटक हेरिएको

सोलुखुम्बु – रीड नेपाल र माप्य दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा आधारभूत (कक्षा १ देखि ३)का शिक्षकहरुलाई एकिकृत सिकाई सहजीकरण सम्बन्धी ५ दिने शिक्षक तालिम प्रदान गरिएको छ । तालिममा माप्य दुधकोशी क्षेत्रका ३४ विद्यालयका आधारभूत तहका ८५ शिक्षकहरुको सहभागीता थियो ।

माप्य दुधकोशीका शिक्षा शाखा संयोजक गजेन्द्र भट्टराई आवश्यकताको आधारमा तालिम संचालन गरिएकाले शिक्षकहरुलाई पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरे । सहभागी शिक्षकद्धय लिलादेवी गुरुङ र कुमार राईले तालिमबाट सिकेका सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाए ।

कक्षा कोठामा आउने जटिलता सहजीकरणमा रीड नेपालका प्रशिक्षकले सहजीकरण गर्ने र यहि प्रकृतिको तालिम खुम्बु पासाङल्हामू बाहेकका स्थानीय तहका शिक्षकलाई प्रदान गर्ने योजना रहेको रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

सरकारले २०७६ सालमा परिर्वतन गरेको पाठ्यक्रम गत बर्ष कक्षा १ मा लागू गरेको थियो । यो शैक्षिक सत्र देखि परिवर्तित पाठ्यक्रम कक्षा १ देखि ३ सम्म मूलुकभरका विद्यालयमा लागू गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार