कांग्रेस सोलुको मतगणना शुरु

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि भएको मतदान पछि अहिले गणना भइरहेको छ । करिब साढे ९ बजेबाट शुरु भएको गणनाको प्रारम्भिक मत परिणम समेत सार्वजनिक गरिएको छैन् ।

मंगलबार दिउँसो देखि शुरु भएको मतदान साँझ ६ बजेको पेरिफेरीमा सकिएको थियो । निर्वाचनमा ८९७ मत खसेको छ । ९२३ क्षेत्रिय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८८३ मत खसेको थियो । सभापति मात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढि खसेको छ ।

कांग्रेस सभापतिका लागि निर्वतमान पार्टी सभापति विनोद बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा चुनावी प्रतिस्प्रर्धामा छन् । पहिलो चरणमा पनि झिनो मतान्तरमा अघिपछि प्रतिस्प्रर्धामा देखिएका बस्नेत र शेर्पाको टक्कर पर्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा बस्नेतले ४२८ मत ल्याउदा शेर्पाको पक्षमा सदर मत ४१८ रहेको थियो । बाँकी मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार