सोलुखुम्बुको कांग्रेस सभापतिमा १४२ मतान्तरले शेर्पा विजयी

  हिमाल समाचार
4.9k Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि मंगलबार भएको निर्वाचनबाट १४२ मतान्तर सहित नाम्गेल जाङबु शेर्पा निर्वाचित बनेका छन् । दोस्रो चरणको निर्वाचनमा सभापतिका निकटतम प्रतिस्प्रर्धी विनोद बस्नेतलाई फराकिलो मतान्तरले हराउदै शेर्पा कांग्रेसको जिल्ला सभापतिमा विजयी बनेका हुन् ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत रहेका शेर्पाले ५१३ मत ल्याउदा बस्नेतले ३७१ मत ल्याएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा ८९७ मत खसेको थियो । ९२३ क्षेत्रिय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८८३ मत खसेको थियो । सभापति मात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढि खसेको छ । पहिलो चरणमा बस्नेतले ४२८ मत ल्याउदा शेर्पाको पक्षमा सदर मत ४१८ रहेको थियो ।

बाँकी मत बदर भएको थियो । दुई वा भन्दा बढि उम्मेदवार भएको निर्वाचनमा खसेको मतको ५० प्रतिशत मत कसैको नआए पुनः निर्वाचन गर्नुपर्ने कांग्रेसको विधान अनुसार मंगलबार पुनःनिर्वाचन भएको हो । पहिलो चरणको निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस नेता राम बहादुर बस्नेतले यो निर्वाचनमा उम्मेदवार शेर्पालाई समर्थन गरेका थिए । जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु यसअघि नै निर्वाचित भइसकेका छन् ।

सभापतिमा निर्वाचित शेर्पा जिल्लामा पुर्व पार्टी सभापति आङगेलु शेर्पा पक्षधर हुन् । आङगेलु केन्द्रको राजनितिमा संस्थापन पक्षधर मानिन्छन् । कांग्रेस नेता बल बहादुर केसी पक्षधर मानिएका विनोद बस्नेत सभापतिमा पराजित भएका छन् । केसी केन्द्रमा संस्थापनइतरका समूहमा छन् । यसअघिको निर्वाचनमा जिल्ला कार्य समितिको सह–सचिव बाहेकका पदमा केसी प्यानलका उम्मेदवार विजयी बनेका छन् ।

केही पद सर्वसम्मत रुपमा चुनिएका छन् । महाधिबेशन प्रतिनिधिमा केसी समूहकै बर्चस्व देखिन्छ । प्रदेश सभाको निर्वाचनमा केसी र शेर्पा पक्षले एक–एक क्षेत्रमा प्यानलै जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार