सोलुमा मतदाता नामावली संकलन मंसिर १७ देखि

  हिमाल समाचार
420 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा मंसिर १७ गते देखि मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गतेबाट जिल्लाका आठवटै स्थानिय तहमा कर्मचारी खटाई मतदाता नामावली संकलन गर्ने भएको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको निर्वाचन तथा अनुगमन समितिको बैठकले मतदाता नामावली संकलन अभियानका लागि नेचासल्यान र थुलुङ दुधकोशी गाउँपालिकाका लागि एक जना, सोताङ र महाकुलुङका लागि एक जना, लिखुपिकेमा एक जना, माप्य दुधकोशी र खुम्बु पासाङल्हामुमा एक जना गरि सदरमुकाम भन्दा बाहिर ४ जना कर्मचारी मतदाता नामावली संकलन कार्यमा खट्नेछन् ।

सोलुदुधकुण्डमा जिल्ला निर्वाचन कार्यालय मार्फत नै मतदाता नामावली संकलन हुने छ । करिब २२ दिनको अवधिमा मतदाता नामावली संकलन कार्य सम्पन्न हुने निर्वाचन काार्यालयका सुचना अधिकारी नेत्र घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार