गाउँ प्रहरीको नतिजाप्रति कांग्रेस नेचासल्यानको असन्तुष्टि

  हिमाल समाचार
728 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस नेचासल्यान समितिले गाउँपालिकाले सार्वजनिक गरेको गाउँ प्रहरीको नतिजामा असन्तुष्टि जनाएको छ ।

मंसिर १४ मा सार्वजनिक नतिजामा असन्तुष्टि जनाउदै कांग्रेसले परीक्षा लिएको लामो समयपछि नतिजा सार्वजनिक हुनु र योग्यता नपुगेका व्यक्तिलाई छनौट गरिनुले राजनितिक चलखेल भएको आरोप लगाएको छ ।

पालिका सभापति नीर कुमार शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा नतिजा रातीमा प्रकाशन गर्नुले पनि शंका उत्पन्न भएकाले तत्काल सच्याउन आग्रह गरेको छ । नेचासल्यान गाउँपालिकाले दुई पुरुष र दुई महिला गरि ५ जना गाउँ प्रहरी छनौट गरेको छ ।

११ जनाको आवेदन परेकोमा शारिरीक तन्दुरुस्ति, लिखित र मौखिक परीक्षामा प्राप्त अंकको आधारमा नतिजा सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ ।

वरिष्ठ गाउँ प्रहरीमा प्रकाश राई, गाउँ प्रहरीमा हरि प्रसाद कट्टेल, निर कुमार नेवार, सविता कटेल र मूना खतिवडा छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार