सोलुका दुई पत्रकार माथी हातपात, दोषीलाई कारबाही गर्न महासंघको माग

  हिमाल समाचार
2.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा रिर्पाेटिङमा खटिएका दुई पत्रकारमा माथि दुरव्यहार प्रति नेपाल पत्रकार महासंघ सोलुखुम्बुले आपत्ति जनाएको छ ।

मङ्सिर १४ गते सम्पन्न नेपाली काङ्ग्रेस, सोलुखुम्बुको सभापतिको दोस्रो चरणको निर्वाचनको मतगणनाका क्रममा मध्यरातमा रिपोर्टिङ गर्दैगर्दा नेपाल पत्रकार महासंघ, सोलुखुम्बुका कार्य समिती सदस्यद्धय सुवास दर्नाल र रमन वनलाई काङ्ग्रेस कार्यकर्ताले हातपात निन्दनीय भएको पत्रकार महासंघले जनाएको हो ।

समयमा नै घटनाको छानबिन तथा कानुनी प्रक्रिया अगाडी नबढेको खण्डमा नेपाल पत्रकार महासंघ सोलुखुम्बुले आफ्नो प्रक्रिया अगाडि बढाउने अध्यक्ष नुतन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डर सहितका सामग्रीमा क्षति पुगेको छ ।

चित्त नबुझेको खण्डमा कानुनी प्रक्रियामा जान सकिने भएपनि हातपात गर्नु निन्दनीय विषय भएको भन्दै सत्य तथ्य छानविन गर्न माग गरिएको हो ।

त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्रका महासचिव रोशन पुरी र महासंघ प्रदेश १ महासचिव विवेक गौतम पनि विज्ञप्ती जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथीको हस्तक्षेप ठहर गर्दै हातपातमा संलग्नलाई कानुन अनुसार कारबाहीको लागि माग गरिएको छ ।

त्यस्तै, प्रेस सेन्टर सोलु, प्रदेश नं १ समितिका साथै फोनिक्स मिडिया एण्ड रिसर्च प्रा.लि.ले पनि विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार