बागबानीको चौमासिक राजस्व ३ लाख बढि

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु – बागबानी केन्द्र फाप्लुले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा साढे ३ लाख भन्दा बढि आम्दानी गरेको छ ।

साउन, भदौ, असोज र कात्तिक महिनामा ३ लाख ७१ हजार रुपैया राजस्व संकलन गरेको हो । फलफुल तथा तरकारी बिक्रिबाट उक्त आम्दानी भएको बागबानी केन्द्रका निमित्त बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार अहिले बागबानी केन्द्रमा किवि फल बिक्रि भईरहेको छ ।

केन्द्रले किविका विरुवा, स्याउ लगायतका फलफुल र तरकारी विक्री गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार