ताप्लीका महिला स्वास्थ्य स्वयंमसेविकालाई आधारभूत तालिम प्रदान

  हिमाल समाचार
98 Shares

ताप्ली – उदयपुरको ताप्ली गाउँपालिकामा सामूदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुको लागि १० दिने आधारभूत तालिम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालयको आयोजनामा गाउपालिकाको वडा नम्बर १,४,र ५ को २७ जना महिला स्वास्थ्य स्वयमसेविकालाई तालिम प्रदान गरिएको हो । समापन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राजेश दनुवारले तालिमले महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सम्बन्धी काम गर्न थप उर्जा मिलेको बताए ।

स्वास्थ्य कार्यलयका क्षयरोग तथा कुष्ठरोग विज्ञ रामदिनेही यादव र तथ्याङ्क फांट अधिकृत उमेश लुइटेलले तालिमको सहजिकरण गरेका थिए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नबराज राउतको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको संवाददाता ठबिन्द्र मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार