देउसामा सांगीतिक साँझसँगै भलिबल, गायन र नृत्य प्रतियोगीता हुने

  हिमाल समाचार
231 Shares

सोलुखुम्बु – वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्किारी) देउसाको संयुक्त आयोजनामा भलिबल, गायन तथा नृत्य प्रतियोगीता आयोजना हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट दुई संगठनले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७, देउसामा प्रतियोगीताको आयोजना गर्न लागेको हो । प्रतियोगीताको साथमा भव्य सांगीतिक साँझको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सांगीतिक साँझको लागि भ्वइस अफ नेपाल सिजन ३ मा टिम तृष्णाका विजेता ज्वाला राई देउसा आउने भएका छन् । ज्वालाको साथमा गायिका खुसी थुलुङ, नृत्यांगनाहरु सिर्जना किराती, अनुषा राई, कला राई, लक्ष्मी राई, गायकहरु कुमार प्रयास, विनोद विक्रम राई, खगेन्द्र राई, केशव कसुर, मनराज राई र डम्बर राईको प्रस्तुति रहने कार्यक्रम संयोजक दीपक किरातीले जानकारी गराए । यी कलाकारहरुको साथमा ¥यापर प्रतिभा रानी राईको विशेष प्रस्तुति रहने छ । टिकटक दुनियाँबाट चर्चामा आएकी प्रतिभा मिस टीन–२०१९ कि विजेता समेत हुन् ।

यही पौष १ देखि ४ गतेसम्म आयोजना हुन लागेको प्रतियोगीतामा संघीय संरचनाअनुसार प्रदेश नं. १ का वडाहरुको महिला तथा पुरुष भलिबल खेल आयोजना हुनेछ । भलिबल प्रतियोगीतामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने महिला तथा पुरुष दुवैतर्फको टिमले समान राशी क्रमशः ५०, ३०, २० र १० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक प्रभुराम राईले जानकारी गराए ।

त्यसैगरि ‘देउसा सिंगीङ आइडल’ र ‘देउसा डान्स स्टार’मा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतिस्पर्धीहरुले क्रमशः १५, १०, ५ र २ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सांस्कृतिक विभागकी संयोजक चन्द्रकला राईले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार