रावावेशीका शिक्षकहरुलाई मनोसामाजिक परामर्श विषयक अभिमूखिकरण

  हिमाल समाचार
168 Shares

खोटाङ – खोटाङ रावावेशीका शिक्षकहरुलाई मनोसामाजिक परामर्श विषयक अभिमूखिकरण प्रदान गरिएको छ ।

इको हिमाल नेपालको आयोजना, रावावेशी गाउँपालिकाको समन्वय र शिक्षा शाखाको समन्वयमा रावावेशीका शिक्षकलाई मनोपरामर्श विषयक अभिमूखिकरण गराइएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

अभिमूखिकरणमा रावावेशीका २९ विद्यालयका प्रतिनिधिमूलक शिक्षकको उपस्थिती रहेको थियो । कोरोना कहरका कारण लामो समयसम्म विद्यालय बन्द हुदा विद्यार्थीमा देखिएको मनोवैज्ञानिक समस्या समाधानका लागि इको हिमालले शिक्षक र विद्यार्थीलाई मनोसामाजिक परामर्शको कार्यक्रमलाई निरन्तरता दिएको इको हिमालका कार्यकारी प्रमुख नारायण ढकालले जानकारी दिए ।

काभ्रेका शिक्षक र विद्यार्थीमा अभिमूखिकरण गरेको इको हिमालले खोटाङको रावावेशी र ऐसेलुखर्कका शिक्षक र विद्यार्थीलाई अभिूमुखिकरण गर्नेछ । अभिमूखिकरणमा मनोविद् गोपाल ढकालले सहजीकरण गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार