हिं’सा रोकथाम गर्न नागरिक आफैँ सचेत बन्नुपर्ने : प्रजिअ शाही

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले हिं’सा हुन नदिन तथा हिं’सा रोकथाम गर्न नागरिक आँफै सचेत बन्नुपर्ने बताए ।

लैङगिक हिं’सा वि’रुद्धको १६ दिने अभियान अन्तरगत सोलुदुधकुण्ड नगरपालिकाले आयोजना गरेको १६ दिने अभियान समापन कार्यक्रममा बोल्दै प्रजिअ शाहीले घरबाटै हिं’सा न्युनिकरण गर्न आग्रह गरे । पछिल्लो समयमा महिला हिं’सा बढेको बताउँदै उनले हिं’सा हुन नदिने बारेमा हरेक नागरिक सचेत हुनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक कवित कट्वालले हिं’सामा परेको महसुस भए वा गाउँ टोलमा कोही माथि दमन तथा अपराध भएको खण्डमा नजिकैको प्रहरी चौकीमा खबर गर्न आग्रह गरे ।

सोलदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सरकारी वकिल श्रीराम खनाल, महिला स्वयमसेविका, महिला सरोकारवाला लगायतको उपस्थिती रहेको नगरपालिकाका महिला विकास निरिक्षक रिता ढुंगानाले जानकारी दिईन् । नगरपालिकाले १६ दिनको अवधिभर नगरपालिका भित्रका विभिन्न क्षेत्रमा सचेतनामुलक कार्यक्रम गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार