सोलुखुम्बुमा ४८ वटा मानव अधिकार उल्लङ्घनका घटना

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा एक वर्षमा ४८ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । इन्सेक सोलुखुम्बुले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार गैरराज्य पक्षबाट विभिन्न प्रकारका ४८ वटा मानव अधिकार उल्लङ्घनका घटनामा ५० जना पीडित बनेका छन् । यो गत वर्षको भन्दा बढी हो । गत वर्ष ३९ वटा घटना अभिलेखिकरण गरेको बताइएको छ ।

सार्वजनिक गरिएको प्रतिवेदन अनुसार महिला अधिकार उल्लङ्घनका २०, आत्महत्या दुरुत्साहनका १, भौतिक संरचनामा क्षति २, कुटपिट तथा धम्कीका १०, बालअधिकारका ८ र घरेलु हिंसाका ७ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको उल्लेख छ ।

प्रस्तुत गरिएको प्रतिवेदन अनुसार छोराको कुटाइबाट ८२ वर्षीया वडालक्ष्मी राईको हत्या भएको देखि छिमेकीबाट ५ वर्षीया बालिका बलत्कारको सिकार बनेकी छिन् । प्रतिवेदनमा शिक्षित परिवारबाट श्रमशोषणमा परेकी ७ वर्षीया बालिकालाई इन्सेकको सहकार्यमा जिल्ला प्रहरी र प्रशासन कार्यालयले उद्धार गरि एसओएस बालग्राम इटहरी पठाइएको, सोताङका आफ्नै बुबा बाट शारीरिक तथा मानसिक यातानाबाट पीडित बनेका १६ वर्षीय बालकको उद्धार गरिएको उल्लेख गरिएको छ ।

यस्तै ड्युटीमा रहेका प्रहरी कर्मचारी र पत्रकारमाथि हातपात लगायतको घटनाले जिल्लामा सुरक्षा चुनौती खडा गर्ने संकेत गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच, ‘मानवअधिकार वर्ष पुस्तक सन्–२०२२’ प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रमलाई बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले गम्भिर प्रकृतिको घटनामा संलग्न भएका आरोपितलाई तत्काल कानुनी दायरमामा ल्याउने सवालमा मानव अधिकार उल्लङ्घन भएको आरोप लाग्ने गरेको भन्दै यस्ता घटनामा गहिरिएर अध्ययन गरि अभिलेख राख्न सुझाव दिए ।

सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले कुनैपनि घटनामा मानव अधिकारलाई केन्द्रमा राखेर प्रहरीले काम गर्ने गरेको बताए । सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राईले सामाजिक मान्यताका कारण नगन्य मात्रमा महिला हिंसाको घटना बाहिर आउने गरेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार