धार्मिक विकासमा सहयोग गर्न तयार छु – नेचासल्यान अध्यक्ष बास्तोला

  हिमाल समाचार  327 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले धार्मिक विकासका लागि पालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

नेचासल्यान गाउँपालिका ३ मा जमरकटेल सेवा प्रतिष्ठानले आयोजना गरेको ११ दिने शिव पुराण समापन कार्यक्रम अध्यक्ष बास्तोलाले समुदायको लगानीमा शिव मन्दिर निर्माण भएकोमा प्रशंसा गर्दै जमरकटेल सेवा प्रतिस्ठान नेपालले अगुवाई गर्ने समुदाय विकासका कामलाई सहयोग गर्ने बताएका हुन् ।

कार्यक्रममा जमरकटेल सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एकराज जमकटेल लगायतका अन्य पदाधिकारीहरुले आआफ्नो धारणा राखेका थिए । शिव पुराणमा संकलन भएको रकम केही दिनमा सार्वजनिक गरिने जमरकटेल प्रतिस्ठानका महासचिव देबेन्द्र जमरकटेलले बताए । मन्दिरमा आजैबाट पुजारी समेत राखिएको छ भने मन्दिरको नामाकरण कैलाशेश्वर शिव मन्दिर राखिएको छ ।

जमरकटेल सेवा प्रतिस्ठानका अध्यक्ष कमल प्रसाद जमरकटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पन्डित रामचन्द्र तिमल्सिनाको टिमलाई मायाको चिनोको साथमा प्रसंसा प्रत्र सहित सम्मान गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार