रावावेशीमा राष्ट्रिय बाणिज्य बैँकको शाखा उद्घाटन

  हिमाल समाचार  556 पटक हेरिएको

खोटाङ – खोटाङको रावावेशी गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैँकको शाखा उद्घाटन गरिएको छ । गाउँपालिकाको केन्द्र हरमटारमा स्थापना गरिएको बैँकको शाखा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले एकसाथ उद्घाटन गरे । यो बैँकको शाखा जिल्लाको लागि पाँचौ हो भने नेपालकै लागि २५७ औँ शाखा हो ।

आयोगका अध्यक्ष रेग्मीले लोक सेवा आयोगले सबै क्षेत्रका रिक्त दरबन्दीमा पदपुर्तीको लागि धमाधम काम गरिरहेको बताए । रावावेशी दुवेकोलमा जन्मेका रेग्मीले गाउँपालिकाको नामांकरण र केन्द्र परिर्वतनका साथै विकासको सन्दर्भमा पनि बोलेका थिए । उनले बाणिज्य बैँकलाई जनमैत्री सेवाका लागि शुभकामना दिए ।

गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले प्रशासनिक भवन, प्रहरी चौकी, बैँक स्थापना लगायतका विकास निर्माणका काम जनताको हितमा समर्पित गरेको बताए । जनताकै सेवाका लागि बैँक स्थापनामा पालिकाले अगुवाई गरेको बताउदै अध्यक्ष निरौलाले जनमैत्री सेवाका लागि बैँक प्रशासनलाई आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति खोटाङका संयोजक बबि चाम्लिङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, गौरखनाथ गणका सेनानी नरोत्तम पौडेल, प्रहरी नायव उपरीक्षक लम्साल, शसस्त्र प्रहरी प्रमुख सरोज कार्की लगायतको उपस्थिती रहेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

यसअघि स्थानीय सरकार भागबण्डाको क्रममा स्थापना भएको सेन्चुरी कमर्सियल बैँकको शाखा लामिडाँडामा संचालित छ । सेन्चुरीले जनमैत्री काम गर्न नसकेको भन्दै जनप्रतिनिधि र रावावेशीका नागरिकमा असन्तुष्टि बढेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार