जनमूखि कांग्रेस बनाउन मेरो योगदान रहन्छ : केन्द्रीय सदस्य शेर्पा

आङगेलु शेर्पा सोलुखुम्बुको जिल्लागत राजनितिबाट राष्ट्रिय राजनितिमा फड्को मारेका छन् । उनी नेपाली कांग्रेसको १४ औ महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित बने ।

संस्थापन समूहबाट जनजाति तर्फ उम्मेदवार बनेका उनी छैठौँ बढि मत ल्याएर केन्द्रीय सदस्य बनेका हुन् । उनले १८९६ मत पाए । उनले तीन कार्यकाल जिल्ला सभापति सम्हालिसकेका छन् । उनै नवनिर्वाचित कांग्रेस सदस्य शेर्पासंग सहकर्मी शिखर गजरकोटेले गर्नुभएको कुराकानीको संपादित अंश :

पार्टी भित्र तपाईको भूमिका के हुन्छ ?
केन्द्रीय सदस्य एक्लैले केही गर्ने कुरा त होईन । तथापि, सामूहिक ढुंगले हामी अगाडी जान्छौ । सामूहिक नेतृत्वबाटै अधिक नेपाली जनताको हितमा पार्टीको सिद्धान्त र निति अनुसार अघि बढ्छौ ।

तपाईले केन्द्रीय सदस्य जितेसंगै सोलुको कांग्रेस राजनितिमा सन्तुलन कायम भएको मान्न सकिन्छ ?
जो जस्ले निर्वाचन जितेपनि नेपाली कांग्रेसलाई केन्द्रभागमा राखेर अघि बढ्दा कसैसंग विमति हुदैन् । हामी एकजुट भएर अघि बढ्न सक्छौ ।

भनेको कांग्रेस सोलु एकढिक्का भएर अघि बढछ ?
एकताको प्रयास हुन्छ ।

प्रयास मात्रै की एकता आजको आवश्यकता ?
अधिबेशनबाट नेतृत्व चुन्ने जुन प्रक्रिया थियो । हामीले पार गरिसक्यौँ । अब सतप्रतिशत रुपमा कांग्रेस आगामी निर्वाचनमा केन्द्रीत हुन्छ ।

अबको तपाई जोड के कुरामा रहन्छ ?
कांग्रेस अझ जनमूखि पार्टी बनाउने, पार्टी जनतामाझ लोकप्रिय बनाउने, जनहितकारी कार्यक्रम अघि सार्ने काममा मेरो भूमिका रहन्छ । कांग्रेसलाई लोकतान्त्रिक आर्दशको बाटोमा हिँडाउने कोशिसमा म रहन्छु ।

तिनै तहको निर्वाचनमा सोलुमा क्लिन स्विप गर्न सक्ला ?
हाम्रो लक्ष्य त्यही हुनेछ । हामीमा त्यो आत्म विश्वास पनि छ । किनभने धेरै राजनितिक शक्तिहरु असफल बनिसकेको अवस्थामा कांग्रेस पार्टी जनता माझ निर्विकल्पको रुपमा उभिएको छ । त्यसलाई जनताले स्विकार गर्छन् भन्ने मेरो विश्वास हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार