सोलुखुम्बुमा भारी हिमपात, यूवाहरु हिउँमा मस्त (भिडियो)

  हिमाल समाचार
441 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा आज विहानै देखि भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । जिल्लाको खुम्बु र तल्लो क्षेत्रमा समेत हिमपात भएको हो ।

सोलुखुम्बु जिल्लामा गत वर्षको तुलना यस वर्ष एक हप्ता अघि नै हिउँ परेको हो । बुधबार विहान देखि परेको हिउँले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । कतिपय हिउँ खेल्नका लागि बाहिर निस्किएका छन् ।

हिमपातसंगै बढेको चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक भने समस्यामा परेका छन् । हिमपात भएसँगै धारामा पानी जमेको छ भने विद्यालयको पठक पाठन पनि प्रभावित बनेको छ ।

जिल्लाको सडक सँग जोडिएको मुख्य नाका पत्ताले क्षेत्रमा सवारी आवतजावतमा पनि समस्या भएको छ । जिल्ला भित्रने र बाहिरिने ठुला तथा साना सवारी साधन न्युन मात्रामा चलिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखूम्बुले जनाएको छ ।

जिल्लाको हवाई सम्पर्क समेत टुटेको छ । खुम्बुको तेन्जिङ हिलारी बिमानस्थल र फाप्लु विमानस्थलमा आज कुनै पनि उडान भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार