नेचासल्यानका ६० शिक्षकलाई तालिम

  हिमाल समाचार
644 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कक्षा १ देखि ३ का शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सिकाई सहजिकरण तालिम प्रदान गरिएको छ ।

पालिकाको समन्वय तथा रीड नेपालको आयोजनामा ५ दिन सम्म चलेको तालिममा नेचासल्यानका २१ विद्यालयका ६० शिक्षक सहभागी थिए ।

शुक्रबार सम्पन्न तालिममा बोल्दै नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले सिकेको कुरा कक्षा कोठामा पु¥याउन आग्रह गरे । रीड नेपालले शैक्षिक उन्नयनमा गरेको लगानीको प्रशंसा समेत गरेको अध्यक्ष बास्तोलाले शैक्षिक गुणस्तर बृद्धिका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

तालिमपछि शिक्षकहरुले पठनपाठनमा सहजीकरणमा तालिमका सीप प्रयोग गर्ने बताएका छन् ।

रीड नेपालले सोही प्रकृतिको तालिम सोलुदुधकुण्ड नगरपालिका सहित माप्य दुधकोशी, थुलुङ दुधकोशी, सोताङ र महाकुलुङ गाउँपालिकामा संचालन गरिसकेको छ । अब लिखुपिके गाउँपालिकामा तालिमको आयोजना गर्न बाँकी रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार