थुलुङ दुधकोशीमा एकैदिन दुई ठूला आयोजनाको शिलान्यास

  हिमाल समाचार  923 पटक हेरिएको

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एकैदिन बहुप्राविधिक शिक्षालयको मास्टर विल्डिङ र पालिकाको प्रशासकिय भवनको शिलान्यास गरिएको छ ।

करिब ७ करोडको लगानीमा निर्माण हुने थुलुङ दुधकोसी वहुप्राविधिक शिक्षालयको मास्टर विल्डिङ र ४ करोड ५० लाखमा निर्माण हुने प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गरेका हुन् ।

शिक्षालयको भवन फुलवारी–श्याम सुन्दर जेभिले निर्माण गर्नेछ । थुलुङ दुधकोशीलाई जिल्लाकै शैक्षिक केन्द्र बनाउने लक्ष्य रहेको बताउदै अध्यक्ष राईले सोही अनुसार ३ वर्षे सिभिल सव–ईन्जिनियरिङ, वाली विज्ञान लगायतका प्राविधिक विषयहरुको पठनपाठन शुरु गरिएको र आवश्यकता अनुसार विषय थप गर्दै जाने बताए ।

जिल्लामै पहिलो र छिटो प्रि–फ्याब भवन निर्माण गरि प्रशासनिक सेवा प्रवाह गरिरहेको गाउँपालिकाले पक्कि प्राशसनिक भवन निर्माणको शिलान्यास गरेको हो । भवन निर्माणको लागि स्थानिय एकबहादुर गुरुङ र उनको परिवारले निशुल्क जग्गा प्रदान गरेका छन् ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सविता राई, थुलुङ दुधकोशी ७ का वडाअध्यक्ष रामसघर्ष किराँती लगायतका जनप्रतिनिधि, कर्मचारी, स्थानीयको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार