दुधकोशी पर्यटन सहकारीको नाफा ४६ प्रतिशत

  हिमाल समाचार
854 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा संचालित दुधकोशी पर्यटन सहकारी संस्था लिमिटेडको खुद नाफा ४६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७६–७७ को तुलनामा सहकारीको नाफा आर्थिक वर्ष २०७७–७८ मा ४६ प्रतिशतले बृद्धि भएको तथ्यांक चौथो साधारण सभामा प्रस्तुत गरिएको छ । सहकारीले १४ लाख ३६ हजार ७४४ रुपैँया नाफा कमाएको सचिव विनोद सिंह तामाङले जानकारी दिए ।

सहकारीको शेयर सदस्य १४ प्रतिशतले बृद्धि भई ५४० पुगेको, शेयर पुँजीमा १४ प्रतिशतले बृद्धि भई १ करोड ४४ हजार पुगेको, कुल आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले बृद्धि भई २ करोड ४२ लाख, ७० हजार ४८० पुगेको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

शेयर सदस्य तथा शेयर बृद्धि, व्यवसायिक भवन निर्माणको कार्यलाई सुरु गर्ने, युवा स्वरोजगार, साना किसान लघुवित्त लगायतका विभिन्न संस्था तथा सरकारी निकाय सँग समन्वय तथा सहकार्य गरि सदस्यलाई सहुलियत दरका ऋण एवम अनुदानका कार्यक्रम ल्याउने चालु आर्थिक बर्षमा लक्ष्य राखिएको छ ।

साधारण सभामा सोलुदुधकुण्ड नगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले सहकारीले उल्लेखिय प्रगति हासिल गरेकोमा बधाई दिए । सहकारीका अध्यक्ष मंगल सिंह तामाङको अध्यक्षतामा भएको सभामा सहकारीका पदाधिकारी, सदस्य लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार