रावाबेसीमा थपिए एकजना कोरोना संक्रमित

  हिमाल समाचार
840 Shares

खोटाङ- खोटाङको रावाबेसीमा गाउँपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
रावाबेसी वडा नं ४ डुम्रेधारापानीका  १ जनामा २८ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । उनको डुमे्रधारापानीको स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण् गरिएको थियो ।

यसअघि पौष १६ गते रावाबेसी गाउँपालिका वडा नं १ कुभिण्डेका एक जनामा संक्रमण पुष्टि भएको थियो । ती छात्र शारदा मा.वि. खार्पामा कक्षा १० मा अध्ययनरत थिए ।

पौष महिनामा ६ जना महिला र ९ जना पुरुष गरि १५ जनाको एन्टिजेन परिक्षण गरिएको २ जनामा संक्रमण पुष्टि भएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार