नेचासल्यान गोल्डकपको चौथो संस्करण स्थगीत

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – यहि माघ ३ देखि ९ सम्म आयोजना हुने नेचासल्यान गोल्डकपको चौथो संकरण कोरोना कारण स्थगीत गरिएको छ ।

दिन प्रतिदिन कोरोना संत्रमित बढ्नु र स्थानीय प्रसासनले पनि २५ जना माथी भेला हुनबाट रोक लगाएपछि गोल्डकप स्थगीत गरिएको नेचासल्यान गाउँ खेलकुद विकास समितिका अध्यक्ष ओम प्रसाद बास्तोलाले जानकारी दिए ।

‘खेलकुदको संस्थागत विकास हाम्रो पहिचान, सम्बृद्ध गाउँपालिका निर्माण अबको अभियान’ भन्ने नारासहित लाहुरेचौर खेलमैदानमा हुन लागेको गोल्डकप अर्को सुचना जारी नगरिएसम्म स्थगीत गरिएको हो ।

विजेतालाई एक लाख ५० हजार ५५० र उपविजेतालाई एक लाख एक हजार १०१ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र र सेमिफाईनलमा प्रवेश गर्ने दुई टिमलाई ३०–३० हजारको साथमा प्रमाणपत्र पुरस्कार घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार