कुरा काट्नेलाई कामले जवाफ दिन्छु : अभिषेक खड्का

  शिखर गजरकोटे
805 Shares

काठमाण्डौँ । टंक तिमिल्सीना र रेखा जोशीको गीत ‘लैलै देउडा’बाट अभिनयमा डेब्यू गरेका अभिषेक खड्कालाई मोडलिङ फापेको छ । अहिले उनी एकपछि अर्को म्यूजिक भिडियोमा काम गर्दै आएका छन् ।

अछामको साँफेबगरमा जन्मे हुर्केका अभिषेक काठमाण्डौँ अध्ययनका लागि आएका हुन् । २०६७ सालमा एसएलसी पास गरेपछि काठमाण्डौँ आएर इन्जिनियरिङ अध्ययन थाले । उनले ब्याचलर अफ इन्जिनियरिङ गरिसकेका छन् । अहिले अध्ययन एकातिर, अर्को तिर पेशा भइरहेको छ । सन् २०१९ मा मिष्टर हेन्सम नेपालको उपाधि जितेका अभिषेकले आधा दर्जन व्यापारिक विज्ञानमा काम गरेका छन् भने दुई दर्जन बढि लोक र आधुनिक विधाको गीतमा अभिनय तथा नृत्य गरेका छन् ।

मोडलिङमै अभिष्य देख्न थालेका अभिषेकले ‘राजकुमारी’, ‘सानुको अंगालो’, ‘मैना’, ‘यत्तिकोले चल्छ’, ‘आउँदैछु गाउँतिर’, ‘कलकत्ते काँइयो’, ‘१६ बर्षे उमेर’, ‘सल्लाधारीमा’, ‘गधुँली साँझ–२’, ‘च्वाँस्स यो मन’मा उनको दर्शक स्रोताले मन पराएको गीत हुन् । उनले ‘छोडी जाने निष्ठुरीको’, ‘फेरि याद आयो’ लगायतका आधुनिक गीतमा अभिनय गरेका छन् । उनले इसेवा, एनसेल, भाएनेट लगायतका व्यापारिक सेवाको प्रोमसनमा पनि अभिषेकलाई खोज्न थालिएको छ ।

गोरो वर्ण, हँसिलो मुद्रा, मन्द मुस्कान र अग्लो कदका अभिषेक मोडलिङबाटै टिकिरहेका छन् । उनै मोडल अभिषेक खड्कासंग गरिएको कुराकानीको सम्पादित अंश :

कस्तो छ संगीतको यात्रा ?
रमाइलो ! गज्जब छ । हरेक काममा नयाँ नयाँ कुरा सिक्दैछु । आफू खार्दै अघि बढेको छु ।

तपाईको डेब्यू गीत कुन हो ?
मैले सुदुर पश्चिमी लवजकै गीत ‘लैलै देउडा’बाट गरेको हुँ । त्यो गीत टंक तिमिल्सीना र रेखा जोशीको थियो । त्यहाँबाट शुरु भएको अभिनय यात्राले गत तिजमा लोक दोहोरी गायक खुमन अधिकारीसँग भेटेपछि गति लियो । त्यसपछि व्यस्तता बढेको छ ।

त्यो क्षण सम्झनुस् त, डेब्यूको समयलाई ?
म एकदम खुसी थिए । मोडलिङमा डेब्यू गर्दा नै आफ्ना लोक संस्कृतिबाट गर्न पाएको थिए । म जुन क्षेत्रबाट माथी उठे । त्यही क्षेत्रको कला संस्कृतिलाई सर्पोट गरिन भने मलाई पाप पनि लाग्छ । संयोगबस डेब्यू अफर नै देउडाबाट गरे । यसअर्थमा पनि आफैँले आफैँलाई भाग्यमानि ठान्छु ।

मोडल अभिषेक खड्का

तपाईलाई कहिल्यै लागेको थियो की, मोडलिङमा यति व्यस्त हुन्छु भन्ने ?
सानै देखि देउडा र लोक दोहोरी सँगै हुर्केको व्यक्ति हुँ । म विद्यालय तहमा पढ्दै गर्दा विभिन्न उत्पादनको प्रमोसनका लागि विभिन्न मोडलको फोटो सहितको होडिङ बोर्ड टाँसिन्थ्यो । त्यो बेला देखि नै मलाई पनि भोलि म पनि यस्तै बन्छु भन्ने लाग्थ्यो । गाउँमै बुनेको सपना पुरा गर्ने बाटोमा अहिले छु । अहिले केही व्यापारिक विज्ञापनमा आफूलाई प्रस्तुत गर्न पाएको छु । साथीभाइले फोटो खिचेर पाउछन् । अहिले आफैँले आफैँलाई गर्व गर्ने ठाउँमा पुगेको छ ।

अर्को घटना पनि छ, कक्षा ६ मा पढ्दै गर्दा खुमन अधिकारीको स्याङजाली–झापाली दोहोरी गीत निकै चलेको थियो । त्यो बेला प्रिन्सिपलले सिडि डेस्टप कम्प्यूटरमा राखेर भिडियो देखाउनु भएको थियो । त्यस समयमा मेरो मनमा सिनियर कलाकारको संगतमा कहिले पुग्ने होला भन्ने भएको थियो । अहिले गएको तिज देखि उनै गायक खुमन अधिकारीसँग जोडिने अवसर मिल्यो । उहाँले मलाई अघि बढाउन गरेको सहयोगले म निकै खुसी छु । तिजको गीतमा नाचेपछि एकपछि अर्को भिडियोको अफर पनि आइरहेको छ । काममै व्यस्त छु । सँगत नहुदा चलेका कलाकार घमण्डी हुन्छन् होला सोच्छे तर त्यस्तो रहेनछ । खुमन दाईको व्यवहारले कलाकारलाई दिने सम्मान भाव अझ बढेर आएको छ ।

तपाई मिष्टर हेन्सम नेपालको प्रतियोगीतामा कसरी पुग्नु भो ?
एउटा व्यूटीपार्लरमा मेरो दिदी गइराख्नुहुन्थ्यो । त्यहाँ दिदीले प्रतियोगीता हुदै छ भन्ने थाहा पाउनुभएछ । उहाँले मलाई प्रस्ताव राख्नु भयो । त्यो बेला मेरो परीक्षा चलिरहेको थियो । तत्काल जवाफ दिन सकिन । गौरा राई दिदीले तिमि भित्र त्यो क्षमता छ, जुन मिष्टर हेन्सम नेपालमा खोजिन्छ भनेर भन्नुभयो । केही दिन सोच्ने समय मागे । सहभागी बन्ने निचोडमा पुगे । फर्म भर्न गए । थुप्रै हेन्सम, अग्ला, ज्यान भएका यूवाहरुलाई देखे । अलिअलि डर पनि लाग्यो । तैपनि प्रतिस्प्रर्धामा सहभागी भए । उपाधि जिते । मलाई के लाग्छ भने व्यूटी प्रिजेन्टको एउटा टाइटल मिष्टर हेन्सम नेपाल हो तर त्यहाँ राम्रो अनुहार भएको व्यक्ति मात्र जानुपर्छ भन्ने हुदैन् । ऊ भित्रको क्षमतालाई पनि हेरिन्छ । जब मैले टाइटल उपाधि जिते । किन जिते भने फाईनलमा सोधिने प्रश्नको जवाफ राम्रो दिएँ होला ।

मिष्टर हेन्समकै उपाधि नै तपाईको टर्निङ प्वाइन्ट बनेको हो ?
मान्नुपर्छ । यदि मिष्टर हेन्सम नेपालको उपाधि हात नपरेको भए यति छिट्टै विज्ञापन र गीतसंगीतमा मोडलिङको अवसर पाउथेन की भन्ने लाग्छ । त्यो स्वभाविक पनि हो । एउटा सफलताले थुप्रै संभावनाको ढोक खोल्दो रहेछ ।

मोडलिङ अब तपाईको प्यासन बन्यो त ?
एकदम, गीत संगीतमा अझैँ झिज्दैछु । काम गर्दै सिक्दैछु ।

नाच्न कति गाह्रो लाग्छ ?
नाच्न भनेर म प्रोफेस्नल डान्सर होईन् । फेरि यसो भन्दा नाच्न जान्दिन भन्ने पनि होईन् । अन दी स्पर्ट नाच्छु तर ट्राइ टु वेष्टको सिद्धान्त आत्मसाथ गर्दैछु । अर्को कुरा चाँही स्कुल लेवलमा नाच्थे । डान्समै स्कुलबाट छनौट भएर जिल्ला सम्म पुगेको व्यक्ति हुँ । गाउँघरमा हुने प्राय कार्यक्रममा सहभागी हुन्थे र पुरस्कृत हुन्थे । विद्यालय तहको त्यो अभ्यासले अहिले संगीतसँग जोडेको हो की जस्तो पनि लाग्छ । हिजोसम्म कलाकारितामा भविष्य सोचेको थिइन् तर अहिले कलाकारितामा भविष्य सोचिसके । मोडलिङमा धेरै गर्नुछ । त्यस्तो लाग्दैछ ।

गीत छनौटमा कति ध्यान दिनुहुन्छ ?
गीत सुन्छु । आफूलाई चित्त बुझे मात्र थप छलफल अघि बढाउछु । केही केही गीत अस्विकार पनि गरेको छु । आफ्नो भविष्य र चर्चा जोडिने कुरामा अलिकति भएपनि चुजी हुन आवश्यक नै छ जस्तो लाग्छ ।

मोडलिङको भ¥याङ चढेर फिल्ममा फड्को मार्ने चाहना पनि छ ?
नायक बन्ने प्रस्ताव पनि आको हो । त्यो बेला अभिनय के हो भन्ने थाहै थिएन । अहिलेपनि धेरैले नायक बन्नुपर्छ भन्ने तवरले सल्लाह दिनुहुन्छ । लुक्स, ज्यान, स्टाइलले नायक बन्नुपर्छ भन्ने सुभेच्छा छ । उहाँले भनेर मात्रै पनि हुदैन् । म भित्र नायक बन्ने क्षमता छ की नाई भन्ने कुरा त मलाई थाहा हुन्छ नी, हैन र ? तर भोलिका दिनमा समयले फिल्मी क्षेत्रमा जादिन भन्ने पनि होईन् । राम्रो स्कृप्ट सहित अफर आएमा किन फिल्म नगर्ने भन्ने पनि होला ।

फ्रन्टलाइनमा नाच्नेको कमाइ कस्तो हुदोरैछ ?
बाँच्न पुग्छ । पारिश्रमिक यति नै भन्नु भन्दा पनि निर्मातासँग हुने छलफलबाट त्यसको निचोड निस्कने हो । छ्या भन्ने पनि हुदैन् । भयंकर नै हुन्छ भन्ने पनि होईन् । भिडियोको बजेट अनुसारको पारिश्रमिक लिन्छु । ठिकै छ । मैले एउटा प्राइभेट स्कुलको एडबाट १५ हजार पारिश्रमिक थापेर आफ्नो करियर शुरु गरेको हुँ ।

मोडलिङको छोटो अवधिमा खुट्टा तान्ने, कुरा काट्नेहरु कति भेटिए ?
धेरथोर भेटिदो रैछ । पछिल्लो समय मलाई खुमन अधिकारीले सार्पेट गरिरहनुभएको छ । भन्नेहरु खुमनले अभिषेकलाई किन सर्पोट गरिराछ भन्नेहरु, आरिष गर्नेहरु हुदारैछ । तर त्यसलाई समान्य रुपमा लिएर आफ्नो काम इमानदारीपुर्वक गर्दै आएको छु । कुरा काट्नेहरुलाई कामले जवाफ दिनुपर्छ भन्ने लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार