सोलुमा ग्रामिण विद्युतीकरणको काममा ढिलाइ

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा ग्रामिण विद्युतिकरणको काममा ढिलासुस्ती देखिएको छ ।

सोलुखुम्बु जिल्लामा तिव्रताका साथ ग्रामिण विद्युतिकरण गर्ने भनेर काम शुरुवात भएपनि जिल्लामा पछिल्लो समयमा कामको गति घटेको हो ।

जिल्लाको पत्ताले, तिङ्ला र नेचासल्यान ५ क्षेत्रमा राष्ट्रिय प्रसारण लाईनको विद्युत बलेको छ । उद्ययी, अन्य क्षेत्रमा आशातित काम हुन सकेको छैन् । अहिलेसम्म जिल्लाका १२ सय १५ घरमा प्रसारण लाईनको पहुँच पुगेको छ । तर अन्य क्षेत्रमा भने भदौ यता काममा ढिलासुस्ती देखिएको छ ।

सोलुदुधकुण्ड दुधकुण्ड नगरपालिकाको गोरा, टाप्टीङ क्षेत्रमा अहिले मिटर जडान लगायतका काम भईरहेको छ । त्यस्तै थुलुङ दुधकोशी गाउँपालिका जोड्ने क्षेत्रमा मेनलाईनको काम हुन थालेको एक वषर््ा बितेपनि पोलिङको काममा ढिलासुस्ती देखिएको छ ।

नेपाल विद्युत प्राधिकरण सल्लेरी वितरण केन्द्रले भने तार र पोल डुवानी नहुँदा भदौ यता काममा ढिलासुस्ती भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार