‘पत्ताले पर्यटकीय पार्क’ निर्माण हुदै, मेयर शेर्पाले गरे शिलान्यास

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेमा निर्माण हुने पर्यटकीय पार्कको शिलान्यास गरिएको छ ।
पर्यटन मन्त्रालय र सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा ७ रोपनी क्षेत्रफलमा निर्माण हुने ‘पत्ताले पर्यटकीय पार्क’को सोमबार मेयर नाम्गेल जाङबु शेर्पाले शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि मेयर शेर्पाले पार्कले पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने बताए । उनले व्यवस्थित पार्क निर्माण पछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेसँगै पत्तालेमा आर्थिक गतिविधि बढ्ने बताए । मेयर शेर्पाले सम्झौता अवधि भित्रै गुणस्तरिय संरचनासहितको पार्क निर्माणका लागि निर्माण कम्पनीलाई आग्रह गरे ।
पार्क निर्माणका लागि स्थानीय राज कुमार मगरले करिब ७० लाख बराबरको ७ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका छन् । ६ करोड ८० लाखको लागतमा २०७९ अन्त्यसम्म पार्क निर्माणको जिम्मा कुँवर डेभलपर्स प्रा.लि.ले जिम्मा पाएको छ ।
पार्क भित्र पार्किङ सुविधा सहित स्थानीय संस्कृति झल्कने संरचना, पिकनिक स्पट, फन पार्क, सुविनियर सप, मिटिङ हल लगायतको व्यवस्थित संरचना बन्नेछ । पार्क निर्माणपछि मौलाउदै गरेको पत्ताले पर्यटनमा टेवा पुग्ने भएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार