खरिखोला युवा क्लबलाई ल्होसार कपको उपाधी

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु – खुम्बु पासाङ ल्हामू गाउपालिका १ बुप्सामा कोङ्दे युवा क्लबको आयोजनामा जारी ल्होसार कप खुल्ला भलिबलको उपाधि खरिखोला युवा क्लबले हात पारेको छ ।

फागुन २१ र २२ मा भएको खेलमा आयोजक कोङ्दे युवा क्लबलाई पराजित गर्दै खरिखोला युवा क्लब प्रथम भएको हो । कोङदे युवा क्लबले दोस्रो स्थानमा चित्त बुझाएको छ ।

खुम्बु खच्चड व्यवसायिक संघले रमाइलो टिम बुप्सालाई पराजित गर्दै तेस्रो बनेको छ । विजेता टिमलाई १० हजार, ८ हजार, ५ हजारको सागमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

खेलको समापन कोङ्दे युवा क्लबको कोषाध्यक्ष फुर तेन्जि शेर्पाको सभापतित्व तथा नोर्ड एक्स्टृम हिमालयका प्रबन्धक निर्देशक सोनाम गेल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार