The Small World (TSW) नेपालको आयोजनामा नारीलाई नेतृत्व विकास तालिम तथा विचार गोष्ठी

  हिमाल समाचार  511 पटक हेरिएको

सोलुखुम्बु – The Small World (TSW) ले नारीलाई नेतृत्व विकास तालिम तथा विचार गोष्ठी आयोजना गरेको छ ।  छात्राहरुलाई उत्प्रेरक वक्ता (Motivational speaker) विकास देव योञ्जनले नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिएका हुन् ।

(TSW)ले ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सल्लेरी स्थित आफ्नो छात्राबासमा रहेका ४० जना छात्राहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरको हो । बक्ता योन्जनले महिलाहरुमा आत्मविश्वास विकास हुनुपर्ने भन्दै सानै देखि अध्ययनमा लाग्न सुझाब दिए ।


कार्यक्रममा बोल्दै टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले यो सामाजिक सस्थाले विगत १६ बर्ष देखि शिक्षा स्वस्थ्य,समुदाय विकास र महिला शशक्तिकरणको क्षेत्रमा काम गरिरहेको बताउदै यो खालको विचार गोष्ठी कार्यक्रमले महिलाहरुको शशक्तिकरणमा टेवा पुग्ने बताए ।

सोलुदुधकुण्ड नगरपालिकाकी नगर सभा सदस्य गान्धीमाया तामाङले स्थानीय तहको निर्बाचनमा महिलाको पक्षमा आवाज उठाउने प्रतिनिधीलाई निर्वाचित गराउनु पर्ने भन्दै स्थानीय तहको निर्बाचनमा भाग लिन महिलाहरु पछि पर्न नहुने बताइन् ।


कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रबक्ता शारदामाया तामाङले राजनिती सबै भन्दा ठुलो शक्ति भएकाले महिलाहरु राजनितीक प्रतिस्पर्धामा उभिनु पर्ने बताइन् ।


यस्तै महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष टंकी माया बस्नेतले अधिकार प्राप्तीका लागी महिलाहरु शिक्षीत हुनु पर्ने र यस्ता खालका कार्यक्रमले महिलाहरुको शशक्तिकरणमा टेवा पुग्ने बताइन् ।


महिला नेतृ राधिका श्रेष्ठले यस्ता खाले गोष्ठि तथा तालिमको आवश्यक्ता रहेको भन्दै यसले महिलाको क्षमता अभिबृद्धिमा टेवा पुग्ने बताइन् ।


नेपाल पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष विना राईले महिलाहरुको संचार माध्यमममा दरिलो उपस्थिति आवश्यक्ता रहेका भन्दै पत्रकारिता क्षेत्रमा महिलाहरुको भविश्य राम्रो रहेको बताइन् ।

त्यस्तै छात्राबासको पुर्व विद्यार्थी अनिता तामाङले आफु The Small World (TSW) को सहयोगमा नर्सिङ कोर्ष पूरा गरि आफु नर्भिक ईन्टरनेसनल हस्पिटलमा काम गर्न सकेको सफलताको कथा सुनाइन् । पुर्व विद्यार्थी शान्ति राईले आफुले पनि द स्मल वल्र्डको सहयोगमा उच्च शिक्षा अध्ययन पूरा गरि फुलेली स्वास्थ्य चौकीको ईन्चार्ज भएर काम गर्न पाउँदा खुसी ब्यक्त गर्दै जेहेन्दार भएर अध्ययन गर्दा सबैको सपना साकार हुने बताइन् । छात्राबासमा अध्ययनरत विद्यार्थी देवकी कार्कीले कार्यक्रममा बक्ताहरुको विचारबाट प्रभावित भएको भन्दै सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउँदै कार्यक्रमले थप उर्जा मिलेको धारणा राखिन् ।


यस्तै सस्थाका सचिव उत्रमान खालिङले महिला शिक्षाले मात्रै अनुशासीत र सम्भ्य समाज निर्माण हुने भएकाले आज सम्म द स्मल वल्र्डको सहयोगमा दुई सय ५० जना भन्दा विद्यार्थी शिक्षा पाएको र ५० जना भन्दा बढी विभिन्न क्षेत्र जस्तै शिक्षा क्षेत्र, नर्सिङ, बैंकिङ तथा अन्य क्षेत्रमा कार्यरत भएको बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार