खुम्बुमा पर्यटक चहलपहल बढ्यो, व्यवसायि उत्साहित

  हिमाल समाचार
266 Shares

सोलुखुम्बु – पर्यटकीय सिजन शुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको चहपहल बढ्न थालेको छ ।

कोभिड महामारि मत्थर भएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्यामा बृद्धि भएको हो । मार्च १ देखि पर्यटन क्षेत्रको स्प्रिङ सिजन शुरु भए यता खुम्बुमा मात्रै ५ सय ५० जना पर्यटक भित्रिएका हुन ।

११ दिनको अवधिमा साँढे ५ सय विदेशी पर्यटक भित्रिनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत रहेको पर्यटन व्यवसायिहरुको प्रतिक्रिया छ । खुम्बु क्षेत्रमा ११ दिनको अवधिमा साँढे ५ सय विदेशी भित्रिएको र ३ सय जना बाहिरिएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका उपाध्यक्ष लामाकाजि शेर्पाले जानकारी दिए ।

अहिले पदयात्राका लागि मात्रै पर्यटक आएका हुन् । मार्चको अन्तिम देखि भने पर्वतारोहणको टोली आउन शुरु गर्ने उपाध्यक्ष शेर्पाको भनाई छ । कोभिडपछि खुम्बु क्षेत्रमा आउने आन्तरिक पर्यटकको संख्यामा पनि बृद्धि भएको छ ।

यस अघि खुम्बु महंगो छ भन्ने भ्रमका कारण आन्तरिक पर्यटक नजाने खुम्बुमा पछिल्लो एक बर्ष यता आन्तरिक पर्यटक पनि जान थालेका छन् । मार्च १ देखि २ सय नेपाली खुम्बु भ्रमणका लागि पुगेको एसपिसिसिका उपाध्यक्ष शेर्पाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार