गाउँघरका सर्जक पुरस्कृत

  हिमाल समाचार
714 Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सम्पन्न भएको गीत गजल शिविर तथा सष्ट्रा भेला नवोधित सर्जकको लागि नयाँ थियो । गीतकार सङघ नेपालको आयोजनामा भएको कार्यक्रममा गीत गजल लेख्ने सर्जकका सृजनाले स्थान पायो । कापिको पानामा सिमित रहेको सृजनालाई प्रतिप्रर्धामा लैजानु ग्रामिण भेगका सर्जकलाई सुखद कुरा पनि थियो ।

४५ वटा गीत र गजलको प्रतिस्प्रर्धाबाट उत्कृष्ट तीन गीत पुरस्कृत भएका छन् । सोलुखुम्बु सहित ६ जिल्ला खोटाङ, ओखलढुंगा, उदयपुर, संखुवासभा र भोजपुरको सर्जकबीच भएको प्रतिस्पर्धामा सोलुखुम्बुका सर्जक चन्द्र प्रभात राईको ‘मेरी आमा गाउँवेशीमा’बोलको गीत प्रथम भएको छ । प्रतिस्प्रर्धामा ओखलढुंगाका सर्जक लक्ष्मण बस्नेतको ‘सारंगीको धुनसँगै’द्धितीय र सोलुखुम्बुका सर्जक देव समिपको ‘प्रितको खेलमा मैले हाँरे’तृतीय बन्यो ।

विजेतालाई नगद १० हजार, ८ हजार र ५ हजारको साथमा प्रमाणपत्र र सम्पुर्ण सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । विजेता गीत रेकर्डिङको जिम्मा गीतकार सङघ नेपालले लिएको छ ।

गीत गजल शिविर सष्ट्रा भेलामा वरिष्ठ गीतकार राजेन्द्र थापा, शितल कादम्बिनी लगायतका दर्जन बढि गीत तथा गजलकारको उपस्थिती रहेको थियो । वरिष्ठ गीतकार थापाले गीत गजल लेखन र संरचनाको बारेमा अभिमूखिकरण गरेका थिए भने गीतकार सङघका कोषाध्यक्ष जे.बी.संयोगीले ‘नेपाली संस्कृतिमा गीतको सम्बन्ध’विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्र माथी टिप्पणी गर्दै डा.भक्त राईले कार्यपत्रको शिर्षक अत्यन्त सान्दर्भिक भएको तर शिर्षकले ठूलो क्षेत्र आगटेको हुँदा कार्यपत्रको शिर्षकलाई संक्षेपिकरण गर्न सकेको भए अझ सुन्दर हुने बताए । संस्कृति विशाल क्षेत्र भएको हुँदा संस्कृतिको कुनै एउटा विधामा गीतको सम्बन्ध खोज्न सकेको भए अझ उत्तम हुने हुने डा. राईको टिप्पणी थियो ।

गीतकार सङघ नेपालका महासचिव रमेश कोइरालाले प्रतिलिपी अधिकार र बौद्धिक सम्पत्तिबारेमा अन्तराष्ट्रिय सन्धी सम्मेलन र नेपालको कानुन तथा सष्ट्राको बौद्धिक रोयल्टी संकलन समाजको भूमिकाका विषयमा अभिमूखिकरण गराएका थिए । साथै उनले गीतकारहरुको रोयल्टी संकलन तथा वितरणका लागि नयाँ संस्था स्थापना गर्ने कुरा समेत उद्घोष गरे ।

गीतकार सङघ नेपालका अध्यक्ष शुभ मुकारुङले ग्रामिण भेगका सर्जकका सृजना उजागर गर्ने द्येयले पहिलो पटक हिमाली जिल्ला सोलुखुम्बुमा गीत गजल शिविरको आयोजना गरिएको बताए । शिविरमा गीतकार सङघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सदस्यहरु तथा गीतकार शितल कादम्बिनी, विजय कट्टेल ‘छहरा’, सुमि सिंह लगायतले आ–आफ्ना गीत वाचन गरेका थिए ।

सोलुखुम्बु जिल्लाका सरोकारवालाको उपस्थितीमा सम्पन्न कार्यक्रममा प्रतिस्प्रर्धामा उपस्थित सर्जकले आफ्ना सृजना वाचन गरेका थिए । त्यस्तै, गायक कुमार प्रयास र विनोद विक्रम राईले आफ्ना सांगीतिक प्रस्तुति दिएका छन् । वरिष्ठ गीतकार राजेन्द्र थापालाई साक्षि राखेर गायक विनोदले ‘पोहोर साल खुसी फाट्दा’गाए भने गायक कुमारले गीतकार थापाकै अघिल्तीर ‘पर लैजाउ फूलहरु’गाए । हिमाली जिल्लामा आँखै अगाडी कान्छो पुस्ताका गायकले आफ्ना गीत गाउदा गीतकार थापा मख्ख देखिन्थे । उनले गायकद्धय विनोद र कुमारलाई आर्शिवाद समेत दिए ।

त्यसको अलवा कार्यक्रममा गायक कुमार प्रयासले ‘हिम्पी’, ‘मिठुको भट्टी पसल’, ‘जुनको आँशु’गीत गाए भने विनोद विक्रम राईले शितल कादम्बिनीको ‘ओई झुमा’, राजेशपायल राईको ‘मैले मायाले दिएको चिनो’लगायतका गीत गाएका थिए ।

सोही कार्यक्रममा गीतकार थापाले गीत, गजल लेखनको बारेमा अभिमूखिकरण समेत गराएका थिए । सोही क्रममा थापाले प्रस्तुत गरेको गजलका शेरबाट उपस्थित दर्शक मोहित बनेका थिए । शितल कादम्बिनिले गजल वाचन तथा गायन गर्दा दर्शकको हुटिङ सहितको साथ पाएकी थिइन् । सल्लेरीमा सम्पन्न कार्यक्रमको स्थानीय संयोजन गीतकाद्धय महेन्द्रदीप राई र सुवास संगम राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार