‘डाँडाघरे साँइली’पछि ‘टेकमाया’

  हिमाल समाचार
889 Shares

काठमाण्डौँ । ‘डाँडाघरे साँइली’को चर्चा सेलाउन नपाउदै संगीतकार श्रीकृष्ण बम मल्लले ‘टेकमाया’सार्वजनिक गरेका छन् । गीतको भिडियोमा मौलिकता बिक्न थालेपछि सर्जकहरुले ग्रामिण परिवेशलाई चित्रण गर्ने क्रम बाक्लिएको छ ।

सोही अनुसार ‘डाँडाघरे साँइली’मा गाउँघरमा केही बर्ष पहिलेसम्म गरिने रिहल्सन, सामूहिक गायन र नृत्यमा डाँडाघरे साँइली र पिपलबोटे कान्छाको माया पिरतीलाई जोडिएको थियो ।

शनिबार सार्वजनिक ‘टेकमाया’मा पनि टेक र मायाको गाउँघरे माया पिरतीलाई आकर्षक तवरले प्रस्तुत गरिएको छ ।

https://youtu.be/zbe0yXyR0M0

‘डाँडाघरे साँइली’मा कृष्ण केसीको गीत, श्रीकृष्ण बम मल्लको संगीतमा सुगम संगीतका हस्ती स्वरुपराज आचार्य र लक्ष्मी मल्लले स्वर दिएका थिए भने भिडियोमा शिल्पा पोखरेल, करिस्मा ढकाल र प्रकाश सपुतको अभिनय र नृत्यलाई सशक्त ढंगले प्रस्तुत गरिएको थियो ।

यता, श्रीकृष्ण बम मल्लको गीत र संगीतमा तयार भएको ‘टेकमाया’मा रामकृष्ण बम मल्ल र लक्ष्मी मल्लले स्वर रेकर्ड गराएका छन् । प्रकाश सपुत, करिश्मा ढकाल र एरोना मल्लको अभिनय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार