आभा मुकारुङको नयाँ गीत “झिलमिल झिलमिल तारा थियो”

  हिमाल समाचार
77 Shares

काठमाण्डौँ । चर्चित गायिका आभा मुकारुंङको “झिलमिल झिलमिल तारा थियो” गीत म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको छ । केही बर्ष देखी अमेरिकामा बसोबास गरिरहेका गायिका मुकारुङको केही समयको ग्यापपछि नयाँ गीत सार्वजनिक गरेकी हुन् ।

नरदेवी राईको शब्द, हेमन्त चेम्जोंगको संगीत रहेको गीतमा आभा मुकारुङ राई र हेमन्त चेम्जोंगको स्वर रेकर्ड छ । गीतको एरेन्ज बिश्व अधिकारीको गरेका हुन् । स्टुडियो ओपलमा रेकर्ड गरिएको गीतको रेकर्डिङ, मिक्सिंङ, मास्टरिंङ बिप्लव अधिकारीले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा निराजन प्रधान र सुनिशा बजगाईको अभिनय हेर्न सकिन्छ भने गीतको छायाकंन भुपेन्द्र तुम्हाम्फेले गरेका हुन । भिडियो सम्पादनमा अनिल राना र नृत्य निर्देशनमा सुबोल थापाले काम गरेका छन् । भिडियो निर्देशन किरण चाम्लिङं राईले गरेका छन् ।

गीत गायिका आभा मुकारुंङको अफिसियल यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार