सगरमाथा जाने बाटो बनाउन शुरु

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – वसन्त ऋतुको आरोहणका लागि सगरमाथामा बाटो बनाउने काम सुरु भएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउनका लागि आइसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस) खटिएका सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । बाटो खुलाउनका लागि आठ जना अनुभवी आइसफल डाक्टर खटिएका र उनीहरूले आइतवारदेखि काम सुरु गरेका शेर्पाले बताए ।

पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपीसीसीले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम गर्दै आएको छ । दोस्रो शिविरभन्दा माथि आरोहण व्यवसायीहरूकै संयोजनमा बाटो बनाइन्छ । हिमनदी र हिउँ खाल्डा तथा खर्पसहरू धेरै रहेको दोस्रो शिविरसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहन्छ ।

एक वर्ष बाटो खुलाएको ठाउँमा अर्को वर्ष ठूलो खाल्डो तथा डाँडा बनिसक्ने भएकोले सम्भावित बाटो खोज्ने र नयाँ बाटो बनाउनुपर्ने शेर्पाले बताए । बाटो बनाउनका लागि भ¥याङ, डोरी लगायतका सामग्री प्रयोग गरिन्छ । फाइल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार