थुलुङ दुधकोशीमा तेस्रो अध्यक्ष रनिङ शिल्ड चैत्र २७ देखि

  हिमाल समाचार
686 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगीता आगामी चैत्र २७ देखि शुरु हुने भएको छ ।

चैत्र २९ सम्म चल्ने प्रतियोगीतामा जिल्लास्तरिय अन्तर वडाको प्रतिस्प्रर्धा रहनेछ । प्रतियोगीतामा प्रथम हुने टिमले एक लाखको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितीय हुनेले ७५ हजार पाउँदा तृतीय टिमले पचास हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउने छ ।

सान्त्वना पुरस्कार २० हजार तोकिएको छ भने उत्कृष्ट एक एक जना महिला र पुरुष खेलाडीलाई समेत पुरस्कृत गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सोही अवसरमा प्रदेश स्तरिय खेलमैदानको उद्घाटन र पालिका गान सार्वजनिक कार्यक्रम पनि राखिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

गाउँपालिकाले खेल र खेलाडीको विकासका लागि विगत दुई बर्ष देखि अध्यक्ष रनिङ शिल्ड प्रतियोगीताको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार