घिरिङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन, हतारो गरेको आरोप

  हिमाल समाचार
217 Shares

काठमाण्डौँ – तनहुँको घिरिङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश सांसद किरण गुरुङले निर्माणाधिन प्रशासकिय भवनको उद्घाटन गरेका हुन् ।

३ करोड ७२ लाख ५१ हजारको लागतमा निर्माणाधिन भवनमा गाउँपालिकाको अलवा प्रदेश सरकार र जिल्ला समन्वय समितिले बजेट साझेदारी गरेका छन् । प्रदेश सरकारको एक करोड, जिल्ला समन्वय समितिको ७७ लाख र बाँकी गाउँपालिकाको बजेटमा प्रशासनिक भवनको निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष रन बहादुर रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश, जिल्ला र गाउँपालिका स्तरका एमालेका नेताहरुको उपस्थिती रहेको थियो ।

यसैबीच, निर्माणाधिन प्रशासकिय भवनको उद्घाटनमा हतारिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विरोध गरेका छन् । ती पार्टीले करिब २५ प्रतिशत काम बाँकी नै रहेको भवन आतामी स्थानीय तहको निर्वाचनमा मतदाता प्रभावित गर्नका लागि उद्घाटनमा हतार गरिएको आरोप लगाएका छन् ।

प्रशासकिय भवनको प्लाष्टर र रंगरोगन लगायतका काम बाँकी रहेको स्रोतले बताएको छ । भवन निर्माणका लागि वडा नं ३ का १२ जना स्थानीयले ३५ रोपनी जग्गा निशुल्क प्रदान गरेका हुन् । भवन उद्घाटन समारोहमा जग्गादातालाई समेत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार