महाकुलुङ अब साक्षर गाउँपालिका

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु – महाकुलुङ गाउँपालिका अब साक्षर गाउँपालिका बनेको छ । पालिका भित्रका ९५.३९ प्रतिशत नागरिक साक्षर भएसँगै विहिबार एक कार्यक्रमको आयोजना गरेर साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष सागर किराँतीको प्रस्तावमा जिल्ला समन्वय समिति प्रमुख वीर कुमार राईले साक्षर गाउँपालिका घोषणा गरेका हुन् । प्रमुख राईले जिल्ला साक्षर बनाउने अभियानमा स्थानीय तहलाई साक्षर बनाउँदै लगिएको बताए । १५–६० उमेर समूहका व्यक्तिलाई साक्षर बनाउन स्थानीय तहले निरन्तर प्रयास गरिरहेकोमा प्रमुख राईले धन्यवाद दिए ।

वडाहरुमा साक्षरता कक्षा संचालन गरी साक्षर गाउँपालिका घोषणाका गर्न सफल भएको गाउँपालिका अध्यक्ष किराँतीले बताए । उनले साक्षरता अभियानमा सहयोग तथा समयन्वय गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

घोषणा कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, शिक्षा शाखा प्रमुख झमक कटुवाल लगायतले महाकुलुङ गाउँपालिकाले साक्षर गाउँपालिकाका लागि गरेका प्रयास र यसको निरन्तरताका लागि शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार