थुलुङ दुधकोशीको पालिका गान विमोचन, अध्यक्ष कप रनिङ शिल्ड र खेल मैदानको उद्घाटन

  हिमाल समाचार
833 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको पालिका गानको विमोचन गरिएको छ ।

गाउँपालिकाले “यो हो थुलुङ दुधकोशी गाउँपालिका” बोलको गितको आज (शनिबार) एक कार्यक्रमका विच विमोचन गरिएको हो । गायक तथा सर्जक सुबास संगम राईको रचना रहेको उक्त गितमा मेलिना राई र कुमार प्रयासले आवाज दिएका छन् भने शान्तीराम राईले संगित भरेका छन् ।

१७ जनाको रचनाबाट छनोटमा परेका उक्त गितमा पालिकाको रितिरिवाज, भुगोल, भाषा, संस्कार, संस्कृतिलाई समेटिएको गाउँपालिका पुर्वधार विकास संयोजक रामसंर्घष किराँतीले जानकारी दिए ।

यसैबीच, मुक्लीमा निर्माण गरिएको प्रदेशस्तरिय खेल मैदान र अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगीताको उद्घाटन गरिएको छ । ३२ रोपनी क्षेत्रफलमा निर्माणाधिन उक्त खेलमैदान जिल्लाकै ठुलो खेल मैदान भएको दाबी गरिएको छ । खेल मैदान १६ करोडको डिपिआर तयार भएको गाउँपालिकाले जनाएको छ ।

पहिलो चरणमा खेलमैदानको ग्राउन्ड बनाउने तथा ग्याभिङको काम सकिएसँगै उद्घाटन गरिएको हो । साथै, कर्भडहल, सुईमिङ पुल, प्याराफिट लगायतका संरचनाहरु निर्माण निर्माण हुन बाँकी रहेको छ । यीनै तिनै कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष असिम राईले गरेका हुन् । अध्यक्ष कप रनिङ शिल्ड अन्तरगतको खेल आइतबारदेखि शुरु हुने छ ।

कार्यक्रममा उपाध्यक्ष सविता राई, विभिन्न वडाका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

फोटो – अध्यक्ष राईको फेसबक वालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार