हेलि कम्पनीलाई अन्तिम मौका : १५ दिन भित्र बेरुजु नबुझाए अवतरणमा रोक

  हिमाल समाचार
140 Shares

सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फछ्यौट गर्नका लागि हेलीकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ ।

यस अघि निकुञ्ज क्षेत्रमा उडान र अवतरणमा रोक लगाउने निणर्य गरिएकोमा चैत्र २९ गते हेलीकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम निकुञ्जले दिएको हो ।

यो समयावधि भित्रमा बेरुजु फर्छौट नभएमा उडान अवतरणमा रोक लगाउने सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए ।

यस अघि बेरुजु रकमबारे अध्ययन गर्न गठित छानविन समितका संयोजक मनोजकुमार मण्डलले पेश गरेको प्रतिवेदनलाई आधार बनाएर १५ दिने अल्टिमेटम दिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जले सिम्रिक एयर, कैलास, मनाङ, माउण्टेन, फिस्टेल, हेली एभरेष्ट, डाईनेष्टि अल्टिच्यिुड, प्रभु, श्री एयरलाईन्सलाई राजश्व दाखिला गर्न पत्राचार गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार