खिजीकातीमा दन्त शिविर हुँदै

  हिमाल समाचार
161 Shares

ओखलढुगां– जिल्लाकाे खिजीदेम्बा गाउँपालिका वडा नं ४ खिजीकातीमा दन्त शिविर हुदैछ ।

शुक्रबार र शनिबार दुई दिन दिर्गपुडाडामा हुने शिविरका लागि विहीबार ५ जना दन्त चिकित्सक खिजीकाती पुगेका छन् ।

स्वर्गिय क्याप्टेन होमबहादुर सुनुवारको स्मृतिमा उहाँका छोरा प्रकाश सुनुवारको विशेष पहलमा शिबिर आयोजना हुन लागेको हो ।

विहान ८ बजेदेखि शिविर सुरु हुने सुनुवारले बताए ।

फोकस नेपाल, काठमाडौँ तथा स्वास्थ्य तथा वित्रान समाज नेपाल ललितपुरको आयोजनामा शिविर हुन लागेको हो ।

मुख सम्वन्धी कुनै पनि समस्या भएका व्यक्तिहरुले निुशल्क शिविरमा पुगेर उपचार गराउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार