सोलुखुम्बुमा एसईईका लागि केन्द्राध्यक्ष नियुक्त, कहाँ को परे ? नामसहित

  सुबास दर्नाल
2.4k Shares

सोलुखुम्बु – आउँदो शुक्रवारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईका लागि सोलुखुम्बुमा केन्द्राध्यक्ष नियुक्त गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय सल्लेरीमा बसेको शिक्षा समितिको बैठकले जिल्लाका १४ वटा परिक्षा केन्द्रका लागि १४ जना केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय  इकाई सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका प्रमुख खगेन्द्र श्रेष्ठका अनुसार हिमाल दर्शन क्याम्पस नेचाबतासेका लागि मोतिराम बस्नेत, संस्कृत विद्यापिठ सल्यानमा विष्णु ढुंगेल, शिशाखोला आ.वि. टाप्टिङमा कृष्ण बहादुर थापा, लुक्ला आ.वि. चौरीखर्कमा गंगा बहादुर कार्की, दुधकोशी आ.वि. बुम्बुरी जुभिङमा नारायण प्रसाद पाण्डे, पद्धमकन्या आ.वि. दाम्कु वासामा भिम बहादुर निरौला र सोताङ क्याम्पस सोताङमा राजन कुमार कार्कीलाई केन्द्राध्यक्षमा नियुक्त गरिएको हो ।

यस्तै पेल्माङ आ.वि. बुङमा टेक बहादुर राई, कालिका आ.वि. जुबुमा प्रभुराम बस्नेत, त्रिभुवन धर्मोदय आ.वि.मुक्लीमा तेज प्रसाद दहाल, ठकुमाला आ.वि. काँगेलमा भीम कुमार राई, जनजागृति आ.वि. सल्लेरीमा अम्बिका बस्नेत, जनजागृति मा.वि. सल्लेरीमा मान बहादुर कार्की र जनसेवा आ.वि. चौलाखर्कमा बाबुराम बस्नेलाई केन्द्राध्यक्षमा नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।

उनीहरुलाई मंगलबार एक दिन अभिमुखिकरण प्रदान गरेर तोकिएको केन्द्रमा खटाउने प्रमुख श्रेष्ठले बताए । राष्ट्रिय परिक्षा बोर्डले बैशाख ९ गतेदेखि २० गते सम्म सञ्चालन गर्नेे एसइई परिक्षाका लागि जिल्लामा यस बर्ष ८८३ छात्र र १ हजार ३६ जना छात्रा गरि कुल १ हजार ९ सय १९ जना परिक्षार्थी एसईईमा सामेल हुँदै छन् । जसमा १० जना ग्रेड बृद्धिका रहेको कार्यालयले जनाएको छ । जिल्लाभर १४ वटा केन्द्रमा हुने परिक्षामा सबै भन्दा बढी सोताङ पब्लिक क्याम्पस सोताङमा २२१ जना र सबैभन्दा कम दुुधकोशी आवि जुभिङमा ७९ परिक्षार्थी रहेको जनाइएको छ ।

यस्तै, खोटाङबाट ३ हजार ८०९ जना विधार्थी एसईईमा सहभागी हुने भएका छन् । नियमिततर्फ ३ हजार ६ सय ९२ जना र ग्रेड वृद्धितर्फ ८२ जना विधार्थीले एसईई परीक्षा दिनेछन् । एसईई परीक्षाका लागि जिल्लाभर २३ वटा परीक्षा केन्द्र तोकिएको छ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । यसअघिका दुई शैक्षिक वर्षमा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार