सोलुमै मुटु परिक्षण, तीन सय बढी लाभान्वित

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा सम्पन्न एक दिने मुटु परिक्षण शिविरमा ३ सय बढीले सेवा लिएका छन् ।

इको हिमाल नेपालले सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्र काठमाण्डौको सहकार्यमा विहिबार सम्पन्न शिविरमा ३ सय २५ जनाले सेवा लिएको आयोजकले जनाएको छ । रोटरी क्लव दरबारमार्गको सह-आयोजनामा गरिएको शिविरमा १५० जनाको इसिजि, १६८ जनालेको (इको)मुटुको भिडियो एक्सरे गरिएको सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रवि मल्लले जानकारी दिए । उनका अनुसार १४ जनाको जन्मजात नै मुटुको समस्या पहिचान भएको छ ।

जस मध्ये ७ जनालाई सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्र काठमाण्डौँमा निशुल्क उपचार गरिने गरि रेफर गरिएको छ । २० बर्षदेखि मुटु रोगबाट पिडित सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका ७ वाकुकी कृष्ण कुमारी कुलुङले पनि विहिबार फाप्लुमा आयोजित शिविरमा निशुल्क मुटु परिक्षण गराइन् । मुटुको परिक्षणका लागि लाखौँ रुपैया खर्च गरेर समय समयमा राजधानी काठमाण्डौ धाउदै आउनुुभएका कुलुङ जिल्लामै उपचार गराउँन पाउँदा उनी खुसीले दंग थिईन् ।

सोलुखुम्बु जस्तो दुर्गम जिल्लाको अस्पतालहरुमा मुटुको उपचार सेवा नभएका कारण मुटुको् उपचार सेवा लिन सुविधा सम्पन्न अस्पतालहरुमा जानुपर्ने यहाँका नागरिकको बाध्यता हो । तर जिल्लामै मुटु परिक्षण तथा उपचार सेवा पाउँदा एक त खर्च जोगिएको छ भने अर्को तर्फ समयको समेत बचत भएको ५ बर्षदेखि मुटुको उपचार गराउँदै आउनुभएका केरुङका पुर्ण बहादुर मगरले बताए । मुटु अत्यन्त संवेदनशिल अंग भएपनि जिल्लामा उपचार सम्भव नहुँदा नागरिकहरु रोग पालेरै बस्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार