जन्मदिनमा धमलाले गरे आफूले पढेको विद्यालयलाई सहयोग

  हिमाल समाचार  164 पटक हेरिएको

ओखलढुंगाको मोलुङ गाउपालिका १ स्थित सरस्वती माध्यमिक बिद्यालयलाई पुर्ब विद्यार्थी गोपाल धमलाले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि पुर्ब विद्यार्थी धमलाले ५ हजार ५५५ रुपैया सहयोग गरेका हुन् । बिद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने गरि जन्मदिनको अवसरमा बिद्यालयको खातामा धमलाले रकम जम्मा गरिदिएका हुन् ।

यसले विद्यार्थीलाई शैक्षिक प्रोत्साहन पुग्ने प्रधानाध्यापक लिला नाथ गिरिले बताए । धमला सोलुको नेले स्थित लक्ष्मी बैँकमा कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार