गार्मा मा.वि.को अक्षयकोषमा ल्हमुको साथ

  हिमाल समाचार
595 Shares

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ स्थित गार्मा माध्यमिक विद्यालयले स्थापना गरेको अक्षयकोषमा ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । एक करोडको अक्षयकोष अभियान अन्तरगत विद्यालयले खडा गरेको कोषमा सोही वडाको साल्मे घर भई हाल काठमाण्डौँमा बसोबास गर्नुहुने ल्हमु शेर्पाले ५० हजार रुपैयाँ प्रदान गरेकी हुन् ।

साथै ल्हमु शेर्पाकी छोरी हाल अमेरिकामा बसोवास गर्नुहुने टशी शेर्पाको आर्थिक सहयोगमा विद्यालयका ५ सय जना विद्यार्थीलाई रेनकोट पनि वितरण गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए । विद्यलाय परिवारले सहयोगीदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार