अमेरिकामा छायांकन गरिएको भगवानको नयाँ गीत ‘जिन्नकी’

  हिमाल समाचार
56 Shares

काठमाण्डौँ । प्रविधिले विश्वलाई साँगुरो बनाएको छ । त्यसको पछिल्लो उदाहरण हो, भगवान भण्डारीको ‘जिन्नकी’ । सो गीतको भिडियो छायांकन अमेरिकामा गरिएको छ ।

शंकर विसीको निर्देशनमा शम्भु मोक्तानले अमेरिकामा छायांकन गरेको भिडियो सम्पादन नेपालमा गरिएको छ । दविन घर्ती मगरले भिडियो सम्पादन गरेका छन् । अमेरिकास्थित हिन्दु बौद्ध मन्दिर र बाल्टिमोर क्षेत्रमा छायांकन गरिएको भिडियोमा शुशिल पंगेनी, संसार गौतम, माधवी भण्डारी र सृष्टि खत्रीले अभिनय गरेका छन् । भिडियो निर्माता शुशिल पंगेनी हुन् ।

‘जिन्दगी’ शब्दलाई बोलिचालिको उच्चारण ‘जिन्नकी’लाई गीतमा प्रयोग गरिएको छ । थेगोमा ‘जिन्नकी’लाई ‘दिन्नकी’सँग अन्त्यानुप्रास मिलाइएको छ । भगवान भण्डारीको सृजनामा तयार भएको गीतमा भण्डारीलाई लक्ष्मी परियारले स्वरमा साथ दिएकी छिन् ।

जुजु गुरुङको एरेन्ज रहेको गीत नेपाल र अमेरिकाका स्टुडियोमा रेकर्ड गरिएको हो । नेपालस्थित मालश्री स्टुडियो र अमेरिकास्थित आरएल रेकर्डिङ बाल्टिमोरमा रेकर्ड गरिएको हो । ‘जिन्नकी’ बोलको गीतलाई भगवान भण्डारीको यूटुवमार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार