कामी रिता शेर्पाले बनाए अर्को रेकर्ड, २६ औं पटक सगरमाथा शिखरमा

  हिमाल समाचार
217 Shares

काठमाडौं । कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ ।

उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो ।

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ ।

उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार