‘सम्वृद्ध नेचासल्यानका लागि भुपेन्द्रको जित आवश्यक’

  हिमाल समाचार
434 Shares

सोलुखुम्बु – नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक असिम राईले सम्वृद्ध नेचासल्यानको परिकल्पना साकार पार्नका लागि माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गरे ।

माओवादी केन्द्र नेचासल्यानले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै संयोजक राईले मूलुक माओवादीको एजेण्डामा चलेकाले बैशाख ३० आगामी ५ बर्ष स्थानीय तह राम्रा उम्मेदवारलाई जिम्मा लगाउन मतदान गर्ने दिन भएकाले नेचासल्यानका मतदातालाई विवेक पु¥याउन अपिल गरे ।

कांग्रेस–एमालेसँग कुनै एजेण्डा नभएको आरोप लगाउदै मुलुकको नेतृत्व माओवादीले मात्र गर्न सक्ने बताए । उनले भने, ‘नेचासल्यानमा माओवादी र नेकपा एसबीचको गठबन्धन कुनै दलका नेता हराउन नभइ जित्नका लागि हो ।’

चुनावी सभा निर्वाचन परिचालन कमिटि संयोजक केसर राईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हेम कुमार राई ‘शुरवीर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेकपा एकिकृत समाजबादीसँग चुनावी गठबन्धन गरेको माओवादीको सभामा मुसलधारे पानीका कारण अन्य वक्ताले मन्तव्य राख्न नपाएको सहकर्मी धन कुमार ढुंगेलले जाकानरी दिए । नेचासल्यानमा नेकपा एसले उपाध्यक्षमा डिल्ली राईलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले अध्यक्षमा भुपेन्द्र कटेललाई अघि सारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार