सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटक बढे

सोलुखुम्बु-सगरमाथा क्षेत्रबाट बाहिरीने पर्यटकको संख्या बृद्धि भएको छ । सिजन सकिन लागेसँगै खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकहरु फर्किने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी विष्णु रोकायका अनुसार पछिल्लो समय दैनिक १०० जनाको हाराहारीमा पर्यटक भित्रिरहेका छन् भने दैनिक ३०० जना भन्दा बढी बाहिरिने गरेका छन् । गत साउन देखि बैशाख २७ गते सम्ममा २२ हजार ८ सय ४ जना पर्यटकले खुम्बु भ्रमण गरेका छन् ।

भ्रमणकर्ता मध्ये १८ हजार ३६ जना विदेशी र ४ हजार ७ सय ६८ जना नेपाली रहेको निकुञ्जको तथ्यांक छ । खुम्बु भ्रमण गर्ने पर्यटकमा सबै भन्दा बढी भारतिय रहेको निकुञ्जको कार्यालयले जनाएको छ ।

खुम्बुमा बर्षको २ सिजन फागुन मध्यदेखि जेठको मध्यसम्म र असोजदेखि मंसिर सम्मलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार