सोताङमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  हिमाल समाचार
630 Shares

सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेसको अग्रतालाई ब्रेक गर्दै नेकपा एमाले अघि बढेको छ । वडा नं १ को मतगणनामा अघि देखिएको कांग्रेस वडा नं २ को मतगणनामा पछि परेको छ ।

एमालेबाट पालिका अध्यक्षका उम्मेदवार प्रकाश कार्कीको पक्षमा ४७५ मत देखिएको छ । कांग्रेसका खिलाराज बस्नेतको पक्षमा ४६९ मत प्राप्त भएको छ । मतान्तर ६ मात्रै छ । माओवादी केन्द्रका दिपक खड्काले ३ सय मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकी मनसरी राईले अग्रता लिएकी छिन् । राईले ५२२ मत प्राप्त गर्दा कांग्रेसकी अन्जु राईले ४७० मत पाएकी छिन् । माओवादीकी सरस्वती राईले ३३८ मत ल्याएकी छिन् ।

वडामा एमालेका श्याम कुमार राईले २०२ मतसहित जित हात पारेका छन् । अब वडा नं ३ को मतगणना शुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार