नेचासल्यान ५ मा राजन राई दोहोरिए

  हिमाल समाचार
161 Shares

सोलुखुम्बुको नेचासल्यान ५ वडाअध्यक्षमा नेकपा एमालेका राजन राई दोहोरिएका छन् । २०७४ को निर्वाचनमा अध्यक्षमा निर्वाचित भएर एक कार्यकाल सम्हालिसकेका राईले स्थानीय तहको निर्वाचन २०७९ मा पनि वडाअध्यक्षमा जित हात पारेका छन् ।

उनी अन्य वडा र पालिकामा पराजित भएको एमालेलाई नेचासल्यान शुन्य हुनबाट जोगाउने जनप्रतिनिधि बनेका छन् । उनले कांग्रेसका उम्मेदवार भन्दा ९७ बढि मतले वडामा जित निकालेका हुन् । राईले ५ सय मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले ४०३ मत पाएका थिए । सो वडामा माओवादी केन्द्र ९६ मतमा सिमित बनेको थियो ।

नेचासल्यान ५ मा राजनसँगै उनी नेतृत्वको प्यानलै विजयी बनेको हो । वडा नं १ मा कांग्रेसका रमेश कुमार राई, वडा नं २ मा सिताराम काफ्ले र वडा नं ४ मा शान्त राईको प्यानलै विजयी भएको छ भने वडा नं ३ अध्यक्षमा माओवादीका केन्द्रका सिताराम भट्टराई र वडासदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार