सोलुदुधकुण्ड : मेयरमा नाम्गेल ३१० मतले अघि, पछ्याउँदै काजी

  हिमाल समाचार
1.2k Shares

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेकपा एमालेका आङकाजी शेर्पाले मतान्तर घटाउने क्रम जारी छ ।

वडा नम्बर १, २, ३, ४, ८, ९, १० र ११ गरी ८ वटा वडाको मत गणना हुँदा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पा भन्दा ३१५ मतले पछि परेका आङकाजी ५ नम्बर वडाको मत गणना सकिदा ३१० मतले पछि परेका छन् ।

हाल एमालेका आङकाजी शेर्पाको ३४९९ मत छ भने कांग्रेसका नाम्गेल जाङबुको ३८०९ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी केन्द्रका ङिमातेण्डुप शेर्पाको १११४ मत रहेको छ ।

उपप्रमुखमा कांग्रेसकी गान्धी माया तामाङ एमालेकी मोहन कुमारी कार्की भन्दा ४१२ मतले अघि रहेकी छन् । गान्धी मायाले ३६४० मत प्राप्त गर्दा मोहन कुमारीले ३२२८ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रकी सारदामाया तामाङको १०१७ मत रहेको मुख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिए । अहिले ७ नम्बर वडाको मतत गणना भईरहेको छ ।

अन्तिममा वडा नम्बर ६ को मत गणना हुने जनाइएको छ । आज दिउँसो सम्ममा नगरपालिकाको अन्तिम मतपरिणाम आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार